नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस (हीरक जयन्ती) को अवसरमा एमालेले भण्डारीलाई उक्त सम्मान प्रदान गरेको हो ।
सोमबार सनराइज हल गोदावरीमा आयोजित समारोहमा एमालेले भण्डारीलाई उक्त सम्मान प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाख खनाललगायतले भण्डारीलाई उक्त सम्मान प्रदान गरे ।
मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गरेको हो।