बझाङमा करिब हजार मत गन्न बाँकी, एमाले ३४१ मतले अघि

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाउँदै लगेका छन् ।

सुरुदेखि नै कडा टक्कर चलिरहेको यहाँ अब साइपाल गाउँपालिकाको मात्रै मत गन्न बाँकी छ । यस्तोमा एमाले उम्मेदवार भण्डारीले ३४१ मतको अग्रता बनाउन सफल भएका हुन् ।

तलकोटको गाउँपालिकाको मत गनिसक्दा भण्डारीले ११ हजार १ सय २ मत ल्याउँदा सिंहले १० हजार ७ सय ६१ मत पाएका छन् ।

सुरुवाती मतगणना एमाले उम्मेदवार भण्डारी अगाडि थिए । तर त्यसपछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढेका थिए ।

मतगणनाको अन्तिमतिर आइपुग्दा भण्डारीले फेरि अग्रता बनाएका हुन् । हालसम्मको मतगणनामा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९० मत पाएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ मत ल्याएका छन् । अब यहाँ साइपाल गाउँपालिकाको मात्रै मतगणना बाँकी छ । साइपालमा पनि एमालेले आफ्नो पकड रहेको दाबी गरिरहेको छ ।

ताजा अवस्था
सूर्य : १११०२
रुख : १०७६१
मतान्तर : ३४१

सिफारिस

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् । डा....

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३ मिलियन युरो अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ । बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

काठमाडौँका यी २८ ठाउँमा आजदेखि ४ दिनसम्म दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँका २८ ठाउँमा आज (बिहीबार) देखि चार दिनसम्म दैनिक...

सन्दीप लामिछाने कहिले जान्छन् विश्वकप खेल्न ? यस्तो छ क्यानको तयारी

काठमाडौं - बलात्कार मुद्दामा हिजो मात्रै सफाइ पाएका नेपालका...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।...

धेरै पढिएको