जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन्।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ।

हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेको बताइएको छ।

नेपाल–जापान सम्बन्ध

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो। दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो। सन् १८९९ मै जापानका बौद्धभिक्षु एकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आएका थिए।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए। जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो।

नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ।

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी भन्छन्, ‘नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस्। नेपालको आर्थिक-समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ।’

जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन्।

राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ। दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउँछन्।

जापानका विदेशमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको