भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छिन्। समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन्।

अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उनले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिइन्।

चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिइन्।

‘यहाँ (भृकुटी मण्डप)मा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ। त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला,’ मन्त्री चौधरीले परिषद्का कर्मचारीलाई निर्देशन दिँदै भनिन्।

उनले भृकुटीमण्डपको पार्क, उद्यान लगायतका क्षेत्रको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भाडा नतिर्नेहरूसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउन निर्देशन दिइन्। उनले भनिन्, ‘सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन। यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेहरूलाई भाडा कसरी उठाउने भन्ने विषयमा तपाईँहरूले योजना बनाएर काम गर्नुस्।’

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको