प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।

सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यो एजेन्डामा दलहरूबिच सहमति नजुटेकोले आजको बैठक पनि सुचारु हुनेमा आशङ्का कायमै छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

pp

सिफारिस

बसन्तपुरमा चिनियाँसंग नेपालका फोटो पत्रकारहरूको रंगीन होली उत्सव (तस्वीरहरू)

काठमाडौं – संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएका एक सयभन्दा बढी चिनियाँ फोटोग्राफरले काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा नेपाली फोटो पत्रकारहरूसँग होली...

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। समुद्र सतहबाट २,२०० मिटर (७,२१८ फिट) उचाइमा रहेको यस गाउँ...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट रवि धमला अध्यक्ष पदमा निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम...

नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि...

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

धेरै पढिएको