काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी तापक्रम देखिएको जानकारी दिए।

‘शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको हो’, मौसमविद् लामिछानेले आइतबार  भने, ‘यो वर्ष यसभन्दा अघि काठमाडौँमा सबैभन्दा बढी तापक्रम गत अप्रिल २५ र ३० मा ३३.५ डिग्री सेल्सियस थियो, शनिबार योभन्दा बढेर ३३.६ डिग्री सेल्सियस पुगेको हो।’

यस्तै शनिबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम पनि यस वर्ष अहिलेसम्मकै बढी देखिएको मौसमविद् लामिछानेले बताए।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम १९.२ डिग्री सेल्सियस पुगेको थियो।

‘यो पनि उपत्यकाका लागि यो वर्ष अहिलेसम्मकै बढी न्यूनतम तापक्रम हो’, उनले भने। उनका अनुसार यो वर्षअन्तर्गत यसअघि काठमाडौँ उपत्यकाको सबैभन्दा बढी न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियससम्म पुगेको थियो।

आज (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.३ डिग्री सेल्सियस देखिएको र अधिकतम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए।

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्का वर्षा हुने सम्भावना छ।

‘अहिले बिहानीपख एकछिन घाम लाग्ने सम्भावना देखिए पनि अपराह्नपछि बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना छ’, उनले भने।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको