काठमाडौँमा यो वर्षकै अत्यधिक गर्मी, दिउँसो पानी पर्ने

काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी तापक्रम देखिएको जानकारी दिए।

‘शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस पुगेको हो’, मौसमविद् लामिछानेले आइतबार  भने, ‘यो वर्ष यसभन्दा अघि काठमाडौँमा सबैभन्दा बढी तापक्रम गत अप्रिल २५ र ३० मा ३३.५ डिग्री सेल्सियस थियो, शनिबार योभन्दा बढेर ३३.६ डिग्री सेल्सियस पुगेको हो।’

यस्तै शनिबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम पनि यस वर्ष अहिलेसम्मकै बढी देखिएको मौसमविद् लामिछानेले बताए।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम १९.२ डिग्री सेल्सियस पुगेको थियो।

‘यो पनि उपत्यकाका लागि यो वर्ष अहिलेसम्मकै बढी न्यूनतम तापक्रम हो’, उनले भने। उनका अनुसार यो वर्षअन्तर्गत यसअघि काठमाडौँ उपत्यकाको सबैभन्दा बढी न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियससम्म पुगेको थियो।

आज (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.३ डिग्री सेल्सियस देखिएको र अधिकतम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए।

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्का वर्षा हुने सम्भावना छ।

‘अहिले बिहानीपख एकछिन घाम लाग्ने सम्भावना देखिए पनि अपराह्नपछि बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना छ’, उनले भने।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको