फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी हुन् ।

आठ दिनअघि (१२ मेमा)मात्रै उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्। त्यसकाे एकसातामै उनी दाेस्राेपटक सगरमाथा शिखरमा पुगेकी हुन्।

विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी श्रेष्ठले यसअघि सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन्। विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनका पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन्।

उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। पूर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन्

त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको