कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।

सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।

बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अबरोध गरेका थिए।

उनीहरूले सहकारी ठगलाई कारवाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानविन समिति गठन गरजस्ता नारा लगाएका थिए।

अबरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए। कांग्रेसका सांसदहरूले नाराबाजी रोकेनन।

प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ। सभामुख घिमिरेले कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई वक्तव्यसहित विश्वास मत प्रस्ताव राख्न समय दिएका थिए। तर कांग्रेसको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्री दाहाल रोस्टम जान पाएनन्।

सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका छन्।

सिफारिस

बसन्तपुरमा चिनियाँसंग नेपालका फोटो पत्रकारहरूको रंगीन होली उत्सव (तस्वीरहरू)

काठमाडौं – संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएका एक सयभन्दा बढी चिनियाँ फोटोग्राफरले काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा नेपाली फोटो पत्रकारहरूसँग होली...

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। समुद्र सतहबाट २,२०० मिटर (७,२१८ फिट) उचाइमा रहेको यस गाउँ...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट रवि धमला अध्यक्ष पदमा निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम...

नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि...

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

धेरै पढिएको