कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए।  ‘बेलुकी यहीँ हुनुहुन्थ्यो। अलि अनइजी फिल गर्नुभयो। त्यसपछि अस्पताल भर्ना गरेका हौं,’ एसपी तिवारीले भने।

काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे पुर्‍याइएको थियो। ‘मुटुमा समस्या भएर ल्याइएको रहेछ। हिजो नै विभिन्न परीक्षणहरू भए। आज पनि केही परीक्षणहरु गरिएको छ। रिपोर्ट आउन बाँकी छ,’ अस्पतालका एक डाक्टरले भने।

एसपी तिवारीका अनुसार सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। ‘त्यहाँ उहाँको उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो। त्यहाँ उपचार जारी छ,’ उनले भने।

मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्‍याइएको थियो।

बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो।

उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुन: अदालतमा पेश गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।

सिफारिस

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई...

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण कदको चन्द्रमा मनमोहक रूपमा देखिएको छ। हिउँदे मौसमका कारण आकाश सफा रहेकाले चन्द्रमाको दृश्य अझ...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा...

भक्तपुरको त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सुरु (तस्वीरहरू)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने...

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन, वर्षमा एकपटक मृगौला जाँच गराउनू : डा. बज्राचार्य

काठमाडौं  विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी)...

वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन् : डा.जीवन बानियाँ

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक...

महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ – डा. टीका ढकाल

काठमाडौं - नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित...

धेरै पढिएको