बालेनको कदम अराजक, प्रतिकार गर्ने सडक डिभिजनको चेतावनी

सडक डिभिजन कार्यालय, काठमाडौँले आफ्नो प्रवेशद्वारमा महानगरपालिककाले फोहोर फालिदिएको घटनालाई लिएर आपत्ति प्रकट गरेको छ। महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर छ।

शनिबार एक विज्ञप्ति जारी गरी डिभिजन कार्यालयले उक्त घटनाले महानगरपालिकाको गरिमा नबढाउने भनिएको छ। ‘काठमाडौँ जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लंग छ।’

शनिबार काठमाडौँ महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक धुलो खन्याइदिएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरी महानगर प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तारका काम अघि नबढाएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका थिए।

उक्त विज्ञप्तिमा उल्लेख भएअनुसार गत शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउन सकारात्मक सहमति भएको थियो। तर महानगरपालिकाले फोहर फालिदिएर आपत्तिजनक कार्य गरेको टिप्पणी डिभिजन कार्यालयले गरेको छ।

महानगरपालिकाले सडक डिभिजनको अनुमतिबेगर सकडको चौडाइ घटाउने र जथाभावी संरचना निर्माण गर्ने क्रम निरन्तर चलाएका कारण दुई निकायबीच खटपट सुरु भएको विज्ञप्तिमा संकेत गरिएको छ।

‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराइन्छ,’ सूचना अधिकारी प्रमोद खतिवडाको हस्ताक्षरमा जारी डिभिजन कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको ‘स्ट्यान्डर्ड’ चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ।’

‘सडक डिभिजनको कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा लेखिएको छ।

उता काठमाडौं महानगरपालिकाले भने चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नुपरेको आरोप लगाएको छ।महानगर प्रमुख शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका हुन् ।

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती बेहोर्नुपरेको शाहले लेखेका छन्।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको