कान्तिपुरका अध्यक्षलाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो ।

प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए । प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए ।

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन्। त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।

यस विषयमा जिज्ञासा राख्दा धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। ‘यो गोपनीयता भंग गर्ने कुरा होइन, हामीले बोल्न मिल्दैन।’

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताए। उनले भने, ‘मैले बोल्न मिल्दैन।’

सिरोहियाको नागरिकता नम्बर पहिले नागरिकता लिएका व्यक्तिको नम्बरसँग मिलेकोलगायत विभिन्न गडबडी देखिएको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनलाई यही जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट प्रहरीले नियन्त्रणमा लिई धनुषा लगेको थियो।

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेको ४ दिनपछि उनी बिरामी भएका थिए। त्यसपछि उनलाई जेठ ११ गते साँझ जनकपुरमै रहेको काव्य अस्पतालमा भर्ना गरिएको थियो। तर त्यस अस्पतालले रेफर गरेपछि सिरोहियालाई गत मंगलबार काठमाडौँ ल्याई मेडिसिटी अस्पताल (ललितपुर) भर्ना गरिएको छ। त्यहाँ उपचार जारी रहेकै बेला उनलाई बुधबार हाजिरी जमानीमा छाडिएको हो।

सिफारिस

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेट, जनमुक्ति सेनालेद्वारा ‘गार्ड अफ अनर’ प्रदान (तस्वीरहरू)

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज बिहान स्वागत गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्मानमा...

एनपीएल: आज भिड्दै छन् यी ४ टिम

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) पनि दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने आजको पहिलो...

एनपीएल: सुदूरपश्चिमसँग खेल्दै विराटनगर

विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुरु गर्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मंगलबारको पहिलो खेल बिहान ९...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: आज भिड्दै छन् यी ४ टिम

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार)...

एनपीएल: सुदूरपश्चिमसँग खेल्दै विराटनगर

विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

कीर्तिपुरमा कांग्रेसले गर्यो ‘क्लिनस्विप’, २ वडाध्यक्षसँगै मेयर पदमा डंगोल विजयी

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ। आइतबार...

आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर...

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर...

धेरै पढिएको