आज यी प्रदेशमा हुनेछ चट्याङसहितको वर्षा, केही भू-भागमा हावाहुरी आउने

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले कोशी प्रदेशलगायत पहाडी भू-भागमा बदली भइरहेको छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीलगायत केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी समेत आउने सम्भावना छ ।

त्यस्तै मंगलबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

बुधबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सिफारिस

सकियो ‘फन रन २०८२’  (तस्वीरहरू)

ललितपुर — हायर ग्राउन्ड नेपालद्वारा आयोजित ‘फन रन २०८२’ शनिबार जावलाखेल फुटबल मैदानमा सम्पन्न भएको छ। कार्यक्रममा २,००० भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको...

काठमाडौँमा ‘इद उल फित्र’ को उल्लास (तस्वीरहरू)

काठमाडौँ -  ‘इद उल फित्र’ पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन् । हजारी पात्रो अनुसार नवौँ महिनामा गरिने एक महिने रोजा (उपवास)...

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँमा ‘इद उल फित्र’ को उल्लास (तस्वीरहरू)

काठमाडौँ -  ‘इद उल फित्र’ पर्व आज देशभरका मुस्लिम...

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस...

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

धेरै पढिएको