आज यी प्रदेशमा हुनेछ चट्याङसहितको वर्षा, केही भू-भागमा हावाहुरी आउने

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले कोशी प्रदेशलगायत पहाडी भू-भागमा बदली भइरहेको छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीलगायत केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी समेत आउने सम्भावना छ ।

त्यस्तै मंगलबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

बुधबार पहाडी भू-भागमा बदली हुनेछ । कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सिफारिस

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार विहिन भएका पीडितहरु अधिकारको माग राख्दै कार्तिक २० गतेदेखि संघर्षमा उत्रिए । उनीहरुको माग थियो-...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि करिब २९०० मिटरको उचाइमा अवस्थित रारा तालको दृश्य अत्यन्त मनमोहक देखिन्छ। यो ताल दिनभरिमा सात...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

कालु पाण्डे डाँडाबाट देखिएको सुन्दर हिमश्रृंखला (तस्वीरहरू)

काठमाडौँ - कालु पाण्डे डाँडा, चन्द्रागिरि नगरपालिका–१ मा अवस्थित...

कात्तिक २६ देखि दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने 

काठमाडौं - द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर...

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

धेरै पढिएको