अबदेखि ड्राइभिङ लाइसेन्स पनि राष्ट्रिय परिचयपत्रमै

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राखेर दिने भएको छ । लाइसेन्स छपाइमा ढिला भइरहेको तथा राष्ट्रिय परिचयपत्र सर्वसाधारण लिन नजाने समस्याको हल गर्न सरकारले परिचयपत्रमा लाइसेन्सको विवरण राख्न लागेको हो ।

गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यससम्बन्धी तयारी पूरा गरिसकेको छ ।

‘१ साउनदेखि राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राख्ने प्रस्ताव अघि बढिसकेको छ,’ विभागका निर्देशक मुकेश केसरीले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएपछि लाइसेन्स छाप्न आवश्यक हुँदैन, परिचयपत्रले नै लाइसेन्सको काम गर्छ । ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन् ।’

यसको कार्यान्वयनका लागि सरोकारवाला सबै निकायका प्रतिनिधि समावेश गरेर विभागले एक समिति बनाई गृहकार्य गरिरहेको छ । परीक्षण गर्दा यो योजना सफल भइसकेको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र विभागका निर्देशक केसरीका अनुसार विभागले हाल दैनिक १८ हजार राष्ट्रिय परिचयपत्र छाप्दै आएको छ । तर, यसको उपयोगिता नभएकाले सर्वसाधारण लिन गएका छैनन् । ३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन् । अर्काेतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन् । परिचयपत्रले नै लाइसेन्सको काम गर्ने भएपछि यो समस्या समाधान हुने आधारमा दुवै निकायले छलफल गरेर यससम्बन्धी प्रस्ताव अघि बढाएका हुन् ।

विभागको प्रस्तावअनुसार लाइसेन्सको फारम भर्न तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिनेछ र यसो गर्दा विभागले बायोमेट्रिकलगायतको दोहोरो विवरण पनि लिनुपर्दैन । यसले सर्वसाधारणलाई पनि सहज हुने र यातायात कार्यालयको कार्यबोझसमेत घट्नेछ ।

राष्ट्रिय परिचयपत्रबाटै लाइसेन्सको काम हुँदा दोहोरो खर्च रोकिने र सरकारको वार्षिक एक अर्ब जोगिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल बताउँछन् । तर, लाइसेन्स छपाइ पूर्ण रूपमा भने बन्द नहुने उनी बताउँछन् । ‘विदेश जाने तथा अत्यावश्यक परेकालाई भने लाइसेन्स नै छापेर दिन्छौँ,’ उनले भने ।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको