पाटाको उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित

 प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा एक्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे निर्वाचित भएका छन्। गत मार्च महिना सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेज़ले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन्।

सन् १९७५ देखि सदस्य रहँदै आयको नेपाल पाटाको यो तहको जिम्मेवारीमा पहिलो पटक प्रतिनिधित्व गरेको हो ।  यस अघि पाण्डे सं २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्ष को भुमिकामा रहेर काम गरेका थिए ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भै सं १९९८ देखि बैङ्कक मा मुख्यालय रहेको पाटाले एशिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटकीय आदान प्रदान वा व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरुका साथ सहयोग तथा सहकार्यमा संलग्न रही आएको छ। सन् १९७५ देखि सदस्य रही आएको नेपालको पर्यटकीय सम्भावनाहरुलाई अन्तराष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आएको छ।  सन १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महा भुकम्प पश्चातको संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रमका साथै ६ पटक भन्दा बढी शाहसिक पर्यटन मेला, सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्टको आयोजनामा सक्रिय सहयोग गर्नुका साथै गत वर्ष बार्षिक साधारण सभा तथा शाहसिक पर्यटन बजारको आयोजना गरेर पोखराको शुस्त पर्यटन बजारको पुनरुत्थानमा सहयोग पुर्याएको थियो।

आफ्नो ३५ वर्ष लामो व्यवसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत व्यापक विधामा संलग्न सुमन विक्रम पाण्डे ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टानं) का अध्यक्ष, नेपाल पर्यटन बोर्डका सदस्य, एरलाइन् अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष रहनुका साथै विभिन्न पर्यटकीय कार्यक्रम तथा गतिविधिहरूको सञ्चालनमा सक्रिय भूमिका खेल्दै आएका छन् । सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्री परिषद बैठकको मुख्य संयोजन कर्ता पाण्डेको अगुवाइमा सन् २००८ मा नेपालमा स्काई डाइभिङ्को शुरुवात, नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको शुरुवात र उनकै नेतृत्वमा सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट जस्तो अन्तराष्ट्रिय पर्यटन मेलाको शुरुवात भएको थियो।

सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्य समितिका लागि भएको चुनावमा निम्न बमोजिम प्रतिस्पर्धीहरु निर्वाचित भएका थिए।

अध्यक्ष: पिटर सिमोन – डेसटीनेशन ह्युमन क्यापिटल, टीमोर लिस्टे, इण्डोनेशिया
उपाध्यक्ष: सुमन पाण्डे – एक्प्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर, नेपाल
सचिव/कोषाध्यक्ष: एशियन ट्रैलस- थाइल्यान्ड
सदस्य: बेन मोनटगोमरी, सेन्टारा होटेल्स एण्ड रिसोर्ट, थाइल्यान्ड
सदस्य: सञ्जित जैन- डी पी पी प्रकाशन, भारत
सदस्य: मयूर पटेल – ओ ए जी एभिएसन, सिंगापुर

पाटाको सरकारी सदस्य  प्रतिनिधीका रूपमा नोरेडा ओथम्यान, साबहा पर्यटन बोर्ड मलेशिया र जेराल्ड पेरेज – गुवाम पर्यटन बोर्ड गत वर्ष निर्वाचित भएका हुन्।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको