चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल दीपेश लामाको निधन

काठमाडौं – कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत रहेका लामाको निधनको खबरलगत्तै सामाजिक सञ्जालमा फ्यानले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले जानकारी दिए ।

लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित थिए । तर आफूहरुले भने हृदयघातको आशंका गरेको शाहले बताए । लामाको पार्थिव शरिरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘सानु म’ गीतले लामालाई एकाएक प्रसिद्धि दिलाएको थियो । आलोक नेम्बाङ निर्देशित गीतको भिडियोमा उनी र सुबानी मोक्तान फिचर्ड छन् । प्रेम लामाले गाएको यो गीतमा सञ्जीव सिंहको शब्द तथा संगीत छ । दीपेश लामाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

दीपेश लामाले अभिनय गरेको गीत ‘सानु म’

सिफारिस

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन। श्रीपञ्चमीका अवसरमा ललितपुरको इमाडोलमा रहेको वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको हजारौ वर्ष...

तस्वीरमा हेर्नुस् ऐतिहासिक मकवानपुरगढी दरबार

काठमाडौं - मकवानपुरगढी दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा परिचित छ। सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

तस्वीरमा हेर्नुस् ऐतिहासिक मकवानपुरगढी दरबार

काठमाडौं - मकवानपुरगढी दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको...

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु (तस्वीरहरू)

संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु भएको छ...

सरकारले पत्रकारलाई अंकुश लगाउन खोजे महासंघ मौन बस्दैन : महासचिव दाहाल

काठमाडौं -  सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको...

महिला त्रिकोणात्मक ट्वान्टी–२०: नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं - नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । महिला...

धेरै पढिएको