शुक्रबारदेखि आँप फेस्ट हुँदै, तीन जिल्लाका १५ प्रकारका आँप खरिद गर्न सकिने

प्रथम नेपाल आँप फेस्ट, २०८१ शुक्रबारदेखि सुरू हुने भएको छ। किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट सुरू हुने भएको हो।

नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्सहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्‍याउनु फेस्टको प्रमुख उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।

‘नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ। नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतीय आँप आयात गरिरहेका छौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘विषादी प्रयोग गरिएको महँगा आँपहरू उपभोग गर्नुको सट्टा स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ।’

आयोजकका अनुसार फेस्ट काठमाडौंमा शुक्रबारदेखि आइतबारसम्म चल्नेछ। सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो।

फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन्।

आँप फेस्टमा ग्राहकले आँपको स्वाद चाखेर पाँच र बीस किलोको बक्समा किन्ने सुविधा पनि हुनेछ।

फेस्टको उद्घाटन पानीपोखरी स्थित वालनट बिस्ट्रोमा हुनेछ। काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने छ।

तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको छ।

फेस्टको नारा ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ रहेको छ।

सिफारिस

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो। एनपीएलको कीर्तिमानी जित...

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा भागवण्डा गर्ने सहमति गरेको छ । मंसिर २८ गते हुने निर्वाचनमा युनियन र चौतारीले मिलेर...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल खेलिरहेका छन् । धवनको टीम कर्णालीले आज...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण...

एनपीएल: कर्णाली याक्सले पहिलो जित दर्ता गर्दाको क्षण (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग...

लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर...

नेपाल प्रहरीले माग्यो ११६५ जवान पदमा नयाँ भर्ना, कसरी दिने आवेदन ?

नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल...

मौसम : तराइमा हुस्सु लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

काठमाडौं– हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको...

धेरै पढिएको