मन्त्रीहरू हेरफेर गर्दै प्रचण्ड, को को हुँदैछन् बिदा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएलगत्तै मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी गरेका छन् ।

उनले केही महिनायता मन्त्री हेरफेरको प्रयास गरे पनि अब बजेट पारित भएलगत्तै मूर्त रूप दिन लागेका छन् । मन्त्री हेरफेरबारे प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेसँग पनि छलफल गरिरहेका छन् ।

उच्च स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रीबाट बिदा गर्ने तयारी छ । यी तीनै मन्त्रीले सरकारमा १ वर्ष पूरा गरिसकेका छन् । माओवादीले नेपाली कांग्रेससँग गठबन्धन सरकार बनाउँदा पनि यी तीनै जना मन्त्री रहेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको मन्त्रालय सार्ने वा बिदा दिनेबारे माओवादीभित्र छलफल जारी छ ।

माओवादीले सिन्धुपाल्चोकका माधव सापकोटालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउने तयारी गरेको छ । सिन्धुलीका राजन दाहाल र कालिकोटका महेन्द्रबहादुर शाही पनि मन्त्री बन्ने स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् हेरफेरका क्रममा नेकपा एमाले र माओवादी केन्द्रको भागमा परेका १/१ मन्त्रालय खाली गराएर नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ र जनमत पार्टीका सीके रावतलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

एमालेबाट कुन मन्त्री हटाउने र कुन मन्त्रालय खाली गर्ने भनेर यकिन नभएको स्रोतले जनाएको छ । मन्त्रीहरूको कामकारवाही सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्मा हेरफेरको संकेत गर्दै आएका छन् ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको