नेकपा एसले थप्यो वरिष्ठ उपाध्यक्ष पद, आवश्यकताअनुसार वरिष्ठ नेता पनि राख्ने

नेकपा एकीकृत समाजवादीले केही पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार, केन्द्रीय पदाधिकारीको संख्या २१ रहनेछ।

त्यस्तै, केन्द्रीय कमिटीमा पनि १ सय जनाको संख्या थप गर्ने निर्णय भएको उनले बताए। यसअघि पार्टीको केन्द्रीय परिषद् बैठकबाट १ सय ९९ जनाको केन्द्रीय कमिटी रहने निर्णय भएको थियो।

अब त्यसलाई बढाएर २ सय ९९ जना बनाउने निर्णय भएको खतिवडाले जानकारी दिए।

‘केन्द्रीय कमिटीको संख्या २ सय ९९ जनाको हुनेछ। पहिला केन्द्रीय परिषद्‌बाट १ सय ९९ जनाको नाम पारित गरेका थियौँ,’ उनले भने, ‘केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ।’

केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट सुरक्षित गरिने पनि निर्णय भएको उनले बताए। त्यस्तै, आवश्यक्ता अनुसार वरिष्ठ नेताको पद सिर्जना गर्न सकिने पार्टीको नीति छ।

पार्टीले सम्मानित नेताको पद कायमै राख्ने निर्णय पनि गरेको छ। अहिले पार्टीको सम्मानित नेताको रुपमा झलनाथ खनाल रहेका छन्।

यसअघि महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्ने व्यवस्था भए पनि अहिले त्यो व्यवस्था हटाइएको उनले बताए।

‘केन्द्रीय प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था थियो। त्यो मनोनीत नगर्ने भन्ने निर्णय गरिएको छ,’ खतिवडाले भने।

आगामी असार १५ गते वृहत विवरणबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताए।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको