नेकपा एसले थप्यो वरिष्ठ उपाध्यक्ष पद, आवश्यकताअनुसार वरिष्ठ नेता पनि राख्ने

नेकपा एकीकृत समाजवादीले केही पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारीको संख्या थप गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार, केन्द्रीय पदाधिकारीको संख्या २१ रहनेछ।

त्यस्तै, केन्द्रीय कमिटीमा पनि १ सय जनाको संख्या थप गर्ने निर्णय भएको उनले बताए। यसअघि पार्टीको केन्द्रीय परिषद् बैठकबाट १ सय ९९ जनाको केन्द्रीय कमिटी रहने निर्णय भएको थियो।

अब त्यसलाई बढाएर २ सय ९९ जना बनाउने निर्णय भएको खतिवडाले जानकारी दिए।

‘केन्द्रीय कमिटीको संख्या २ सय ९९ जनाको हुनेछ। पहिला केन्द्रीय परिषद्‌बाट १ सय ९९ जनाको नाम पारित गरेका थियौँ,’ उनले भने, ‘केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ।’

केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट सुरक्षित गरिने पनि निर्णय भएको उनले बताए। त्यस्तै, आवश्यक्ता अनुसार वरिष्ठ नेताको पद सिर्जना गर्न सकिने पार्टीको नीति छ।

पार्टीले सम्मानित नेताको पद कायमै राख्ने निर्णय पनि गरेको छ। अहिले पार्टीको सम्मानित नेताको रुपमा झलनाथ खनाल रहेका छन्।

यसअघि महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्ने व्यवस्था भए पनि अहिले त्यो व्यवस्था हटाइएको उनले बताए।

‘केन्द्रीय प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था थियो। त्यो मनोनीत नगर्ने भन्ने निर्णय गरिएको छ,’ खतिवडाले भने।

आगामी असार १५ गते वृहत विवरणबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताए।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको