२०८० को एसइइको नतिजामा सामुदायिक विद्यालयहरु मध्ये महोत्तरी जिल्लाकै १००% नतिजा दिने एक मात्रै सामुदायिक विद्यालय जन जागृति माध्यमिक विद्यालय हुन सफल भएको छ। १३३ माध्यमिक सामुदायिक विद्यालयहरु मध्येकै बर्दिबास नगरपालिका वडा नं३ पाटुमा रहेको विद्यालयले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका हो ।
एउटा सामुदायिक विद्यालय र बाँकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीले जनाएको छ ।
सामुदायिक विद्यालयहरु मध्ये जन जागृती माध्यामिक विद्यालय पाटु बर्दिवास शतप्रतिशत नतिजा ल्याउने जिल्ला कै एक्लो विद्यालय बनेको छ भने बाँकी संस्थागत विद्यालयहरु छन । विद्यालयका शिक्षक अभिभावक संघका संयोजक रमेश खत्री पौडेलको भनाई अनुसार सुधार गर्न धेरै कडा मेहेनत विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक समिति, प्रध्यानध्यापक, शिक्षक,शिक्षिका अभिभाबक, विद्यार्थी र स्थानीयबासि ,स्थानीय सरकार ,बुद्धिजीवी , पुर्व व्यवस्थापन समिति पुर्व विद्यार्थी ,पुर्व प्रध्यानध्यापक, पुर्व शिक्षक लगायतले गरेको सुधारले आज कहलिएका विद्यालयलाई पछाउदै जिल्लामै नमुना मावि बन्न पुगेको शिक्षक अभिभाक संघका संयोजक खत्री पौडेलले बताए ।
विगत केही वर्षदेखि पाटु स्कुलको शैक्षिक गुणस्तरको बारेमा व्यापक आलोचना गर्ने विद्यालयको नतिजा खस्किएको भौगोलिक र कमजोर आर्थिक स्थिति भएका अभिभावक भएको,ठूला शहरबाट कोल्टे परेको माथिल्लो भेगको विद्यालय भएतापनि यो वर्ष पाटु स्कुल महोत्तरी जिल्लामै सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ट हुन सफल भएकोमा संयोजक खत्री पौडेलले शुखि व्यक्त गरे , उत्कृष्ट नतिजाको लागि अपेक्षा राख्दै उहाँले जिल्लामै पहिलो हेड मास्टर महिला रमा शर्मा ढकालको कार्यशैली प्रति खुसि व्यक्त गरे ।
अभिभावकले विद्यालय पढ्न जाने विद्यार्थीहरुका आमा,बुवालगायत अन्य नातेदार जसले सम्बन्धित छात्रछात्राको अभिभावकत्व निर्वाह गरिरहेको व्यक्ति नै ती विद्यार्थीका अभिभावक हुनु घरमा समेत बुझाईलाई थप व्यापकता र गहिराईमा बुझ्नसमेत अनुरोध गरे। समुदायका प्रत्येक व्यक्ति, नागरिक नै अभिभावक हुन् जसको छोराछोरी, भाइ, बहिनीलगायत कोही न कोही विद्यालयमा पढ्न गएको हुन्छ उहाँको शिक्षाको जिम्मेवारी बहन गरिदिन समेत अनुरोध गर्दै सफल हुने विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै आउदो दिनमा समेत थप सफलताको कामना गर्दै विद्यालयलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।