अन्तत: प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित, कांग्रेस र एमालेबीच भयो यस्तो सहमति

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त सरकार बनाउने सहमति भएको छ । दुवै दलबीच नयां सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने सहमति भएको स्रोतले जानकारी दियो ।

दुवै दलको गठबन्धन बनाउन कांग्रेसबाट नेता ज्ञानेन्द्र कार्की र रमेश लेखक र एमालेबाट शंकर पोखरेल र रमेश बडाल सक्रिय थिए ।

कांग्रेस र एमालेबीच संविधान संशोधन र आर्थिक सुधार गर्ने सहमति समेत भएको छ । सहमतिमा प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रालय एमालेले राख्ने सहमति भएको एमालेका एक नेताले बताए । दुवै दलबीच लिखित सम्झौता गर्ने तयारी छ ।

देशलाई स्थायित्व दिन प्रमुख दुई दलबीच समझदारी हुन लागेको बताइएको छ । यससंगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच आइतबार सांझ एक व्यापारीको घरमा तीन घण्टा लामो छलफल भएको थियो ।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको