काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए। उक्त बैठकले संसद् फेस गरेर विश्वासको मत लिने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
“प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” माओवादी केन्द्रका सचिव पौडेलले भने ।
एमालेले भने आजै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने बताएको छ। विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ।