बेलायतको प्रधानमन्त्रीमा स्टारमर नियुक्त, को हुन् उनी ?

करिब डेढ दशकपछि लेबर पार्टीलाई चुनावी जित दिलाएका किअर स्टारमर बेलायतको प्रधानमन्त्री बनेका छन्।

चुनावी नतिजा आइरहँदा राजा चार्ल्सले उनलाई भेटेर सरकार गठन गर्न निम्त्याएसँगै उनी आधिकारिक रुपमा प्रधानमन्त्री बनेका हुन्।

शाही सहयोगी सर क्लाइभ एल्डरटनले राजासँग उनको परिचय गराएका थिए। परम्पराअनुसार राजाका सहयोगीले राजापछि प्रधानमन्त्रीलाई बधाई दिने गर्छन्।

त्यसपछि क्याबिनेट गठनको चर्चा हुने गर्छ। यसअघि प्रधानमन्त्री ऋषि सुनकले दिएको राजीनामा राजा चार्ल्सले स्वीकृत गरेका थिए।

को हुन् स्टारमर?
स्टारमर २ सेप्टेम्बर १९६२ मा दक्षिण लन्डनको साउथवार्कमा जन्मिएका हुन्। लेबर पार्टीका संस्थापक किअर हार्डीबाट प्रभावित भएर उनको नाम राखिएको बताइन्छ।

तीन सहोदरका साथ उनी सर्रीस्थित अक्सटेड नामक सानो सहरमा हुर्किए। जहाँ उनका पिता रड्नी औजार बनाउने काम गर्थे भने आमा जोसेफाइन सरकारी नर्स थिइन्।

उनकी आमा एउटा दुर्लभ किसिमको बाथका कारण हिँड्न, बोल्न र खान नसक्ने भएकी थिइन्। २०१५ मा उनको निधन भएको थियो।

किशोरावस्थामै उनी आमाबुवाबाट प्रभावित भएर लेबर पार्टीमा लागे। राइगेट ग्रामर स्कुल पास भएपछि उनले लिड्स युनिभर्सिटीमा कानुन पढे। उनी विश्वविद्यालय जाने परिवारको पहिलो सदस्य थिए। त्यसपछि अक्सफोर्डबाट उनले पोस्टग्य्राजुएट गरे।

उनको पिताको २०१८ मा निधन भयो, जोसँग निकट सम्बन्ध नरहेकोमा उनले पछुतो व्यक्त गरेका छन्।

युनिभर्सिटीबाट निस्केपछि स्टारमर वामपन्थीहरूमाझ वैचारिक वकिलका रूपमा उदाए। उनले कट्टर वामपन्थी जर्नल सोसलिस्ट अल्टरनेटिभ्सको स्थापना र सम्पादनमा सघाए। सो जर्नललाई त्रोत्स्कीपन्थी भन्ने गरिन्थ्यो, जसको पाँच प्रति मात्र बिकेको भन्दै उनले मजाक गरेका थिए।

१९८७ मा उनले ब्यारिस्टरका रूपमा काम गर्न थाले। १९९० सम्ममा उनी चर्चित मानव अधिकार वकिल बनिसकेका थिए, जसले म्याकडोनाल्ड्स र सेलजस्ता कम्पनीविरुद्ध मुद्दा लडेका थिए भने मृत्युदण्डको विरोध गरेका थिए।

त्यसपछि उनी सरकारी वकिल बने। तर २००८ मा उनी बेलायतको सरकारी वकिल कार्यालयको प्रमुख नियुक्त भएपछि उनका समर्थहरू छक्क परे। किनकि तिनको नजरमा उनी जसका विरुद्ध लडिरहेका थिए, तिनैको सहयोगी हुन पुगेका थिए। २०१३ सम्म उनी सो पदमा रहे।

२०१४ मा उनलाई अपाराधिक न्यायको क्षेत्रमा गरेको कामका लागि नाइटको उपाधि दिइयो। २०१५ मा उनी सांसद भए। २०२० मा जेरेमी कोर्बिनलाई विस्थापित गरी उनी लेबर पार्टीको नेता बनेका थिए।

उनको विवाह २००७ मा भएको थियो। उनकी पत्नी भिक्टोरिया एनएचएसमा काम गर्छिन्। उनीहरूका दुई सन्तान छन्। स्टारमर फुटबल क्लब आर्सनलका समर्थक हुन्। एजेन्सी

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको