देशैभर बाढीको बितन्डा, अहिलेसम्म ८ जनाको मृत्यु, ६ जना बेपत्ता

काठमाडौँ – भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् ।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखलढुङ्गामा गरेर सात जना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठुला नदीमा जल सतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । काठमाडौँमा अहिले वर्षा रोकिए पनि देशका कतिपय जिल्लामा भने वर्षा भइरहेको छ ।

तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।

सिफारिस

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को शिलान्यास गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार काठमाडौँमा एक समारोह बीच शिलान्यास...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको छ । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

धेरै पढिएको