केटाहरू लिएर मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ  ।

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

डीएसपी कार्कीले बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन केही युवाहरूसहित पुगेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिएको जानकारी दिका छन् ।

मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए। त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो ।

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । उनले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।

तर मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गरिरहेपछि साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो । उजुरी परिसक्दा पनि मीना आइतबार दलबलसहित मनोजको घरमा ताला लगाउन जाँदा समातिएकी हुन् ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको