देशैभर मनसुनी वायु सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

यतिबेला (बुधबार बिहान) देशभर साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै कोसी र मधेस प्रदेशका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला बिहीबार र शुक्रबारको मौसम?

२०८१ असार २७ गते बिहीबार
दिउँसोः देशभर साधारणतया बदली रहने छ। काेसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। काेसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २८ गते शुक्रबार

दिउँसोː देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी , सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

रातिː देशभर साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोसी र गण्डकी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको र कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सिफारिस

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ दिवसको अवसरमा च्याउ मेलाको आयोजना गरियो । मेलामा फरक प्रजातिको प्रदर्शनी...

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहका पहिलो तीन उम्मेदवार प्रजातान्त्रिक विधिबाट चयन गरेको छ। आज बसेको कार्यसम्पादन समिति...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित उल्लासपूर्वक मनाइँदैछ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

धेरै पढिएको