जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यसबारेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ।

त्यस्तै, स्थानीय तह, राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०८१ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।

सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, मन्त्रिपरिषदको २०८० माघ १८ को निर्णयअनुसार गठित कार्यदलले पेश गरेको फौजदारी न्याय तथा प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१ सार्वजनिक गर्ने निर्णय पनि भएको छ।

उक्त प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन प्रक्रियामा अगाडि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय भएको छ ।

त्यसैगरी सरकारले हुम्लु जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ। सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ । बाढीपहिरोका कारण राष्ट्रिय परिचय पत्र बनाउन समस्या भएपछि तत्काललाई यो निर्णय गरिएको शर्माले बताइन् ।

त्यसैगरी अर्थमन्त्रालयको प्रस्तावमा नेपाल र चीनबीच कनेक्टिभिटी नेट्वर्क सम्झौतासम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्न पनि सरकारले स्वीकृति दिएको छ ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको