आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको