उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ – उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको अवसरमा नेपाली रितीरिवाज, सँस्कार संस्कृति झल्किने खालका गीतलाई छनौट गरेर अवार्डको आयोजना हुन लागेको हो ।

अवार्डमा गत २०८० सालभित्र सार्वजनिक भएका नेपाली तिज गीतको खोजी गरी सो गीतसँग सम्बन्धित कलाकारलाई उत्कृष्ठ सम्मान गरिने छ । कलाकारहरुको सम्मान साथै नेपाली संस्कार सँस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको आयोजक तारावीर पाण्डेले जानकारी गराए ।

उक्त अवार्ड कार्यक्रममा, उत्कृष्ट तिज गीत, लय, शब्द, गायक, गायिका, संगीत, संगीत संयोजक, भिडियो सम्पादक, अडियो सम्पादक, महिला मोडल, पुरुष मोडल, छायाँकार, नृत्य निर्देशक, भिडियो निर्देशक, श्रीङगार, बाध्यवादक, ध्वनी मुद्रण, एक जनालाई जुरी अवार्ड वितरण गरिने छ । यो अवार्डमा हालसम्मकै सबैभन्दा बढी भ्यूज कमाउन सफल गीतलाई पब्लिक च्वाईज अवार्ड गरी जम्मा २१ वटा विधामा अवार्ड वितरण गर्ने आयोजक पाण्डेले बताए ।

पहिलो चरणमा देशका ख्याती प्राप्त संगीतकर्मीद्धारा उत्कृष्ट ५ मनोनयन गरी मिति २०८१ भाद्र १ गते उत्कृष्ट ५ मनोनयनका नामलिष्ट सार्वजनिक गरिने छ । अवार्ड वितरण कार्यक्रममा अवार्ड प्राप्त गर्ने बिजेतालाई ट्रफीको साथमा नगद दश हजार सहित सम्मान गरिनेछ भने प्रायोजक दाताहरुको नाम, उत्पादन सामाग्री तथा लोगो अंकित मायाको चिनो समेत प्रधान गरिने साथै, अवार्डमा समावेश हुन चाहानु हुने कलाकारहरुको लागि आवेदन फारम डिजिटल प्लाटफर्म इसेवा मार्फत खुल्ला गरिसकिएको र इसेवा एपभित्र रहेको भोटिङ इभेन्ट्स सेक्टरमा गइ यमन तिज म्यूजिक अवार्डको लोगोमा क्लिक गरी यही मिति २०८१ श्रावण १५ गते भित्रमा आफ्नो सृजना दर्ता गराई सक्नुपर्ने समेत आयोजक समितिले जनाएको छ ।
कार्यक्रम भाद्र १५ गते राष्ट्रिय नाचँघर जमलको सभाहलमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिनेछ ।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको