उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ – उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको अवसरमा नेपाली रितीरिवाज, सँस्कार संस्कृति झल्किने खालका गीतलाई छनौट गरेर अवार्डको आयोजना हुन लागेको हो ।

अवार्डमा गत २०८० सालभित्र सार्वजनिक भएका नेपाली तिज गीतको खोजी गरी सो गीतसँग सम्बन्धित कलाकारलाई उत्कृष्ठ सम्मान गरिने छ । कलाकारहरुको सम्मान साथै नेपाली संस्कार सँस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको आयोजक तारावीर पाण्डेले जानकारी गराए ।

उक्त अवार्ड कार्यक्रममा, उत्कृष्ट तिज गीत, लय, शब्द, गायक, गायिका, संगीत, संगीत संयोजक, भिडियो सम्पादक, अडियो सम्पादक, महिला मोडल, पुरुष मोडल, छायाँकार, नृत्य निर्देशक, भिडियो निर्देशक, श्रीङगार, बाध्यवादक, ध्वनी मुद्रण, एक जनालाई जुरी अवार्ड वितरण गरिने छ । यो अवार्डमा हालसम्मकै सबैभन्दा बढी भ्यूज कमाउन सफल गीतलाई पब्लिक च्वाईज अवार्ड गरी जम्मा २१ वटा विधामा अवार्ड वितरण गर्ने आयोजक पाण्डेले बताए ।

पहिलो चरणमा देशका ख्याती प्राप्त संगीतकर्मीद्धारा उत्कृष्ट ५ मनोनयन गरी मिति २०८१ भाद्र १ गते उत्कृष्ट ५ मनोनयनका नामलिष्ट सार्वजनिक गरिने छ । अवार्ड वितरण कार्यक्रममा अवार्ड प्राप्त गर्ने बिजेतालाई ट्रफीको साथमा नगद दश हजार सहित सम्मान गरिनेछ भने प्रायोजक दाताहरुको नाम, उत्पादन सामाग्री तथा लोगो अंकित मायाको चिनो समेत प्रधान गरिने साथै, अवार्डमा समावेश हुन चाहानु हुने कलाकारहरुको लागि आवेदन फारम डिजिटल प्लाटफर्म इसेवा मार्फत खुल्ला गरिसकिएको र इसेवा एपभित्र रहेको भोटिङ इभेन्ट्स सेक्टरमा गइ यमन तिज म्यूजिक अवार्डको लोगोमा क्लिक गरी यही मिति २०८१ श्रावण १५ गते भित्रमा आफ्नो सृजना दर्ता गराई सक्नुपर्ने समेत आयोजक समितिले जनाएको छ ।
कार्यक्रम भाद्र १५ गते राष्ट्रिय नाचँघर जमलको सभाहलमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिनेछ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको