बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे सुझावअनुसार उनले राजीनामा दिएका हुन् ।

उनले प्रदेश सभाबाट आफ्ना कामका रेकर्ड गराउन बैठक माग गरेको बताए । तर अब नयाँ सरकार बनाउन कांग्रेस र एमालेको बहुमत रहेकाले मार्ग प्रशस्तका लागि राजीनामा दिएको जम्कट्टेले बताए ।

गत असार २४ गते २४ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए । उनी २०७९ पुस २५ गते एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्वमा पुगेका थिए ।यसअघि उनले २०७९ चैत १० गते मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेपछि एमाले सरकारमा गयो । त्यसपछि एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिलेर सरकार बनाए ।

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नमिल्ने भएपछि उनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिए ।

महराकोले राजीनामा दिएपछि कांग्रेस–एमाले सरकार बन्दैछ । अब त्यहाँ एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्दैछन् । यसअघि पनि उनी करिब ३ महिना मुख्यमन्त्री भएका थिए ।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको