संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं – प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई सम्झँदा पुष्पकमल दाहाल उच्चारण गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफ्नो उच्चारण सच्याउँदै पछि पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

“नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल…पुष्पलालजीको ४६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,” उनले भने ।

त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट–२ मा भएको घटनाबारे बोल्न थालेसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाए ।

“म नियमापत्ति गरिरहेको छु । उहाँले पुष्पकमल दाहाल भन्नुभयो । के भन्न खोज्नुभएको हो ? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु । रेकर्डबाट हटाउन…” उनले भने । उनले यति बोल्दा बोल्दै माइक काटियो ।

पाण्डेको आपत्तिपछि सभामुख देवराज घिमिरेले त्यसबारे प्रस्ट पार्न साहलाई निर्देशन दिए । “वक्ता माननीयज्यू, तपाईंले बोलेको पुष्पकमल दाहालमाथि आपत्ति आयो, तुरुन्त प्रस्ट गर्नुस् अनि आफ्नो कुरा राख्नुस्,” सभामुख घिमिरेले भने ।

त्यसपछि नेकपा (एमाले)का सांसद साहले बोल्दा उच्चारण गलत भएको भन्दै माफी मागे । “सम्माननीय महोदय, मैले पुष्पलाल भनेको पुष्पकमल भन्न आएकाले क्षमा माग्न चाहन्छु,” उनले भने ।

त्यसपछि सभामुखले उनलाई थप धारणा राख्न समय दिए । संसद्को कारबाही नियमित रूपमा अघि बढाइयो ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको