एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याएको हो ।

जसमा प्रकाश श्रेष्ठ, काठमाडौं, प्रेम भक्त महर्जन, ललितपुर,अमन मास्के, काठमाडौं, कृष्ण सिलवाल, चितवन, सुकमाया तामाङ, सिन्धुली, किरण थापा मगर, भक्तपुर छन् ।

बागमती प्रदेशमा कांग्रेस–एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गर्दैछन् ।

१३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरी सहमति भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।

मुख्यमन्त्रीको लागि लामाले दाबी पेस गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै साँझसम्म लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

लामाले आज नियुक्ति लिएपछि भोलि सानो आकारको भए पनि मन्त्रीमण्डल निर्माण र शपथग्रहण हुने जनाइएको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको