राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो।
उनी यसअघि पनि मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा आयोगमा सदस्य थिए। त्यसअगाडि उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख थिए।
मन्त्रिपरिषद् बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ।