यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ।

यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो हुन्छ शनिबार र आइतबारको मौसम?
२०८१ साउन १२ गते शनिबार
दिउँसोː देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ साउन १३ गते आइतबार
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिːदेशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको