एनएफपिजेले दियो केन्द्रीय समितिलाई दुईदिने प्राविधिक सीप र क्षमता विकास तालिम

भक्तपुर – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यास फोटोग्राफी’ तालिम सम्पन्न भएको छ । एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटो पत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो ।

तालिमको उदघाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताए । अध्यक्ष वन्तले विभिन्न सन्चार माध्यममा आवद्ध फोटोपत्रकारहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे  ।

उनले आगामी दिनमा नेपालभरका फोटो पत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपिजे नेपाल लागि पर्ने बताए । दुईदिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराए ।

त्यस्तै, व्यक्तित्व विकाससम्बन्धी अक्षरा स्कुलका प्रमुख कार्यकारी अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटोपत्रकारको व्यक्तिव विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिए । उनले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटो पत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराए ।

सिफारिस

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले झिलिमिली बनेका छन्। हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधना गरी धन,...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिरमा यसरी गरियो काग पूजा

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा...

नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ - पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट...

धेरै पढिएको