पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले गरेको फैसलालाई आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले केही उल्टाएर सजाय र जरिवाना घटाउने फैसला गरेको हो।

उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको हो।

यसअघि विशेष अदालतले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो।

नेपाली कांग्रेसबाट पटकपटक मन्त्री भइसकेका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ चलेको थियो।

उक्त इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ गरेको थियो। जेठ १ गते खोलिएको फाइलमा ८ गते र १३ गते पनि यही इजलासमा सुनुवाइ भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका तत्कालीन प्रभावशाली नेता जोशीलगायत उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सुरुमा जोशीलाई विशेष अदालतले हदम्याद कटाएर ढिलो गरी मुद्दा दायर गरेको भन्दै सफाइ दिएको थियो। मुद्दाको तथ्यमै प्रवेश नगरी प्राविधिक आधारमा सफाइ दिने विशेषको फैसला नमिलेको भन्दै सर्वोच्च अदालतले पुनः हेर्न फाइल फर्काइदिएको थियो।

त्यसपछि विशेष अदालतले मुद्दाको तथ्यभित्र प्रवेश गरी सुनुवाइ गर्दा उनलाई भ्रष्टाचारी ठहर गरेको थियो। उनले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो।

विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ मा सर्वोच्च पुगेको थियो। जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए। विशेषले तोकेको सजाय अपुग रहेको भन्दै अख्तियारले बढी सजाय माग गरेको थियो भने जोशीले सफाइ पाउनुपर्ने जिकिर गरेका थिए।

जोशीका कानुन व्यवसायीले अख्तियारले अनुसन्धान अधिकृत तोकेको पत्र नपठाएसम्म सुनुवाइ अगाडि बढ्न नसक्ने अडान लिएका कारण पनि लामो समयदेखि यो मुद्दा सर्वोच्चमा अड्किएको थियो। सर्वोच्चका केही कर्मचारीले उनको मुद्दाको अभिलेख अनलाइन प्रणालीबाटै डिलिट गरेर समेत मुद्दा लम्ब्याएका थिए।

यसै मुद्दामा प्रतिवादी बनाइएका ताराराज पाण्डे र वासुदेव पन्तले सफाइ पाएका छन्।

सिफारिस

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो। एनपीएलको कीर्तिमानी जित...

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा भागवण्डा गर्ने सहमति गरेको छ । मंसिर २८ गते हुने निर्वाचनमा युनियन र चौतारीले मिलेर...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल खेलिरहेका छन् । धवनको टीम कर्णालीले आज...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण...

एनपीएल: कर्णाली याक्सले पहिलो जित दर्ता गर्दाको क्षण (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग...

लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर...

नेपाल प्रहरीले माग्यो ११६५ जवान पदमा नयाँ भर्ना, कसरी दिने आवेदन ?

नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल...

मौसम : तराइमा हुस्सु लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

काठमाडौं– हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको...

धेरै पढिएको