काठमाडौंका बस्ती डुबेपछि बालेनले भने : अब तटीय क्षेत्र खाली गराइन्छ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नदी तटीय क्षेत्र खाली गर्ने अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा स्ट्याटस लेख्दै उनले ‘पृथ्वीका नदी तथा खोलाहरूको पनि अधिकार छ’ भन्दै प्रकृतिले पनि विद्रोह गर्न सक्छ भनेका छन्।

मेयर शाहले काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराका कम्तिमा २० मिटर भित्रको जग्गा र अन्य खोला किनाराका कम्तिमा ४ देखि १२ मिटर भित्रको जग्गालाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्मरण गराएका छन्।

यस्तै, उनले सर्वोच्च अदालतको २०८० पुस ३ मा जारी परमादेशले सरकारी मापदण्डका साथै थप २० मिटर जग्गालाई पनि निर्माण निषेधित क्षेत्र घोषणा गरेको स्पष्ट पारेका छन्।

उनले नदी नटीय क्षेत्र खाली गर्ने अभियान प्रभावकारी बनाउने भन्दै मापदण्डविपरीत संरचना नबनाउनसमेत सचेत गराएका छन्।

महानगर प्रमुख शाहले मन्त्रिपरिषदको निर्णयको प्रति र सर्वोच्च अदालतको परमादेशको अंशसमेत सामाजिक सञ्जालमा राखेर ती निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार काठमाडौंका विभिन्न खोला र नदीमा बाढी आउँदा तटीय क्षेत्र डुबानमा पर्नुका साथै एक जनाको ज्यान गएको थियो।

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको