काठमाडौँ उपत्यकामा ठूलो वर्षा, कति बेला रोकिएला ?

देशका विभिन्न स्थानसँगै यतिबेला (मंगलबार बिहान ८:५० बजे) काठमाडौँ उपत्यकामा पनि व्यापक मात्रामा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ। ‘कतै कतै हल्का वर्षा पनि भइरहेको छ’, उनले भने।

मौसमविद् झाका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना देखिएको छ। ‘लगातार वर्षा नभए पनि पानी पर्ने रोकिने भइरहने देखिन्छ’, उनले भने।

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कपनमा ९७ मिलिमिटर वर्षा भएको छ।

यसैगरी सो अवधिमा बूढानीलकण्ठमा ७०.४ मिलिमिटर वर्षा भएको छ।

यस्तै उपत्यकाका अन्य स्थानमा सुन्दरीजलमा ४८.८ मिलिमिटर, काठमाडौँको धापड्याममा ४५ मिलिमिटर, ललितपुरको लेलेमा ४० मिलिमिटर वर्षा मापन भएको महाशाखाको विवरणमा उल्लेख छ।

मौसमविद् झाले उपत्यकाका सबै स्थानमा पानी परेको बताए।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको