को हुन् प्रधानमन्त्री पद छाडेर विदेश भागेकी हसिना ?

सन् १९४७ को २८ सेप्टेम्बरमा जन्मिएकी ७६ वर्षीया हसिनाले सन् १९६७ मा न्यूक्लियर वैज्ञानिक वाजेद मियाँसँग बिहे गरेकी थिइन् ।

उनका बाबु शेख मुजिबुर्रहमानले सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि आन्दोलन थालेसँगै स्वतन्त्रतापछि उनी प्रधानमन्त्री भए ।

सन् १९७५ को १५ अगस्तमा ढाकामा मुजिबुर्रहमानको परिवारको हत्या भयो । शेख हसिना त्यतिबेला युरोपमा थिइन् । उनीसँग बहिनी रिहाना र पति वाजेद तथा बच्चाबच्ची थिए । सबैले पश्चिम जर्मनीमा बंगलादेशका राजदूतको घरमा शरण लिए ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई सन् १९७५ मै भारतमा शरण दिइन् । १९७५ को २४ अगस्तमा भारत आएका उनीहरु ६ वर्षसम्म भारतमै बसे ।

सन् १९८१ को १६ फेब्रुअरीमा हसिनालाई अवामी लिग पार्टीले अध्यक्ष बनायो । १७ मे १९८१ मा हसिना बंगलादेश फर्किन् । हजारौँ कार्यकर्ताले स्वागत गरे ।

सन् १९८१ देखि १९८५ सम्म उनलाई चार पटक हाउस अरेस्ट पनि गरियो । १९८६ को चुनावमा हसिना बंगलादेशकी विपक्षकी नेता बनिन् ।

सन् १९९६ मा भएको चुनाव जितेर हसिना पहिलो पटक प्रधानमन्त्री भइन् । हसिनाको पहिलो कार्यकाल २००१ सम्म चल्यो ।

उनी २००१ देखि २००९ सम्म विपक्ष दलकी नेता रहिन् । २००९ देखि २०२४ सम्म उनी लगातार चार पटक प्रधानमन्त्री बनिन् । गत जनवरीमा भएको निर्वाचनमा हसिनाको पार्टीले ३०० मा २२४ सिट जितेसँगै हसिना पाँच पटक प्रधानमन्त्री बनिन् ।

तर उनी अन्ततः बंगलादेश नै छाडेर भागिन् ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको