सिजन मिडियाले नेपालमा पाचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

काठमाडौँ – सिजन मिडिया आफ्नो १६ औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को विशेष अवसर पारेर असोज पहिलो साता काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२४’ पाँचौ संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको छ ।

सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको कामकको उफव्धी र योगदानको उच्च मुल्याङ्कन गर्दै अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक पनि विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाहरुले गर्नु भएको काम तथा सामजीक योगदानलाई शब्दमा परिभाषित असम्भव तुल्य हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच, व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पर्न भएको थियो । गत वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायीक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्पन गरिएको थियो भने यस वर्ष पनि नेपालमा नै गर्ने लक्ष्य राखिएको छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा एक दशक भन्दा वढी लामो समय निरन्तर काम गरि सफलता आर्जन गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले खग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ” उनले भने ।

साथै देश तथा एसियन मुलुकमा सफल  व्यवसायीक व्यक्तिवहरुले सिजन मिडियाको आधिकारीक वेभसाइटमा गएर फारम भर्न सक्नु हुनेछ ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी देवताका मूर्ति बनाउने कलाकारहरू विश्वकर्माको मूर्ति बनाएर बजार पठाउँन व्यस्त देखिन्छन्। बनाएका मूर्तिको आकारअनुसार ८ हजार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी...

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर, के होला कारबाही ?

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै...

आज मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले...

८ महिनामै सरुवा भए बालेनका सारथि प्रदिप परियार

काठमाडौं - सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप...

धेरै पढिएको