एनएफपीजेले विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रदर्शनीको आयोजना गर्ने

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले हिमालसम्बन्धी फोटो प्रदर्शनीको आयोजना गर्ने भएको छ । एनएफपीजेले विश्व फोटोग्राफी दिवसको अवसरमा आगामी भदौ ३ गते ललितपुरस्थित पाटन दरबार परिसरमा फोटो प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै गएपछि हिमाल बचाऊ अभियानलाई सार्थकता दिन र देशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गराउन प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

एनएफपीजेले प्रदर्शनीका लागि हिमालसँग सम्बन्धित फोटो पठाउन फोटो पत्रकार तथा फोटोग्राफरहरूलाई अनुरोध गरेको छ । प्रदर्शनीका लागि यही साउन २९ गतेभित्र संस्थाको इमेलमा फोटो पठाइसक्नुपर्ने आयोजकले जनाएको छ ।

एनएफपीजे देशैभरि क्रियाशील रहेका फोटो पत्रकारहरूको संगठनको हो । यो संस्था २७ वर्षदेखि क्रियाशील छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको