घण्टाघर– गणेशस्थान– कमलादीमोड सडक तत्कालका लागि दुईतर्फी

काठमाडौंको घण्टाघर– गणेशस्थान– कमलादीमोड सडक तत्कालका लागि दुईतर्फी सञ्चालनमा ल्याइएको छ।

न्युप्लाजा नजिकै सडकमा भ्वाङ परेका कारण सवारी साधन डाइर्भन गर्दा अत्यधिक चाप परेको भन्दै ट्राफिक प्रहरी कार्यालयले एकतर्फी रहेको घण्टाघर– गणेशस्थान– कमलादीमोड सडक दुईतर्फी बनाएको हो।

भ्वाङ परेको स्थानबाट सहज रुपमा सवारी सञ्चालन नहुँदासम्मका लागि डिभिजन सडक कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकासँगको समन्वयमा यो व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

वर्षाका कारण महेन्द्र शालिकदेखि कृष्णपाउरोटी सडक खण्ड अन्तर्गत प्लाजा नजिकको (टुकुचा माथि) सडकमा भ्वाङ परेको थियो।

‘महेन्द्रशालिकबाट दक्षिण गेट हुँदै जय नेपाल तर्फ सवारी साधन डाइभर्सन गर्दा सवारीको अत्यधिक चाप बढेको कारण सडक प्रयोगकर्ताहरुलाई समस्या पर्न गएकोले सहज सवारी आवागमनको लागि उपरोक्त सडक खण्ड निर्माण कार्य सम्पन्न भई पूर्णरुपमा सञ्चालन नभएसम्म हाल एकतर्फी रुपमा सञ्चालित घण्टाघर–गणेशस्थान– कमलादीमोड सडक खण्डबाट दुई तर्फीरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको