संक्रमणकालीन न्याय सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको साचो र चिन्तालाई सम्बोधन गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायको स्वभाविक साचो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

‘संक्रमणकालीन न्याय आन्तरिक मामिला हुँदाहुँदै पनि द्वन्द्व र मानवअधिकारसँग जोडिएका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय हो,’ उनले भने, ‘हामीले टुंग्याएको मुद्दामा अन्तर्राष्ट्रियरुपमा प्रश्न नउठ्ने परिस्थिति गराउन र उनीहरूको स्वभाविक चिन्ता र चासोको पनि ख्याल गरिनुपर्छ।’

लामिछानेले न्याय निरुपण गर्दा अविलम्ब गर्ने प्रक्रिया पारदर्शी र पीडितमैत्री भएन भने अन्तर्राष्ट्रिय जगतले निरन्तर प्रश्न गरिरहने समेत बताए। बिगतमा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारबाटै प्रयाप्त सहयोग प्राप्त गर्न नसकिएको गुनासो गरेको भन्दै अझैं पनि शंका उब्जिने तर्क गरे।

‘अबको आयोगले पनि त्यही नियति भोग्ने पो हो कि ?,’ लामिछानेले भने, ‘बिगतले शंकाको आधार प्रशस्त दिएको छ। त्यसतर्फ अलिहे नै सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

उनले संक्रमणकालीन न्याय प्रक्रियामा आफ्नो पार्टीको पनि सकरात्मक सहयोग हुने तर छड्के किनाराको साँची चाहिँ नबन्ने बताए।

‘संक्रमणकालीन न्यायमा हाम्रो सधै सकरात्मक सहयोग हुनेछ,’ लामिछानेले भने, ‘सहयोग गर्छौं भन्नुको अर्थ फट्के किनाराको साँची बस्छौं चाहिँ भनेको होइन। यो सम्मानित सदनको चौथो शक्ति हुनुको दायित्व र कर्तव्य हामीलाई थाहा छ।’

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको