माधव नेपालको प्रश्न: दुई दलीय शासन ल्याउन खोजेको हो ? त्यो हामी मान्दैनौं

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन् । बुधबार संसदमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए ।

‘२०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, २०५७ कात्तिक २ मा पटनामा, २०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भने, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ । २०५८ साउन ३१ सिलगुढीमा भयो ।’ सिलगढीमा आफूले प्रचण्डलाई १० बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको स्मरण गराए ।

उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए । उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’ उनले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको पनि बताए । उनले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए ।

‘के छलफल गर्नुपर्दैन थियो, मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? नेपालमा दुई दलीय शासन आउन सक्दैन’, अध्यक्ष नेपालले भने, ‘आउन हामी दिँदैनौँ ।’ बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्याल गर्न सुझाव दिए । उनले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताए ।

सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह सिफारिस

काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकमा सहभागी...

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी...

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर, के होला कारबाही ?

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै...

आज मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले...

धेरै पढिएको