गठ्ठाघर दुर्घटना : ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले विज्ञप्ति जारी गरेर स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि गरेका हुन्।

यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो।

मृतक झण्डै ४०/४५ वर्षको पुरुष भएको परिसरले जनाएको छ। तर, उनको सनाखत भने हुन सकेको छैन।

‘साउन ३१ गते १३ ४० बजेको समयमा ठिमी नगरपालिका ३ गठ्ठाघरमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी ४० ४५ वर्षको पुरुषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

शव क्षतविक्षत भएकाले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्नै प्रहरीलाई हम्मे परेको हो।

शम्भु नेपालीले दुर्घटनामा आफ्नी बहिनीको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो।
आफ्नो मृत्यु भएको समाचार सार्वजनिक भएपछि ती युवती भने प्रहरीको सम्पर्कमा आएकी थिइन्। स्कुटरलाई ठक्कर दिने ट्रक चालक भने सर्लाही मलंगवा नगरपालिका( २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ। उनी आफैँ प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ।

हेर्नुहाेस् भक्तपुर प्रहरीकाे विज्ञप्ति

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको