शिक्षित मुर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मुर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताएका हुन्  ।

“गुरुहरुले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।’’ सुुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुुलपति प्रा डा हेमराज पन्तले विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडाैं- काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ। प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी...

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन समिति सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा सोमबार...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी देवताका मूर्ति बनाउने कलाकारहरू विश्वकर्माको मूर्ति बनाएर बजार पठाउँन व्यस्त देखिन्छन्। बनाएका मूर्तिको आकारअनुसार ८ हजार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित

राष्ट्रिय सभाअन्तर्गत दुई समितिका सभापति निर्वाचित भएका छन्। विधायन व्यवस्थापन...

चिटिक्क विश्वकर्मा बाबाको मूर्ति (तस्वीरहरू)

काठमाडौं - भोलि विश्वकर्मा पूजा। ललितपुरको गुसिंगालमा वर्षौदेखि देवी...

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर, के होला कारबाही ?

सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै...

आज मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा

काठमाडौँ – सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले...

८ महिनामै सरुवा भए बालेनका सारथि प्रदिप परियार

काठमाडौं - सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप...

धेरै पढिएको