सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः प्रचण्ड

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न काण्डमा एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको बताए।

‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ । केही दिन त लाज मान्नेछ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर, सरकार यति हतारमा देखियो कि बिरालोले म्याउ गर्न एक हप्ता पनि लागेन । लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’

यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रुपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले सोध्नुभयो– ‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानवीन गर्दै थियो । नयाँ सरकार आयो र के ग¥यो ? हिजो ती काण्डको छानबीन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबीन सुरु ग¥यो । यसरी हुन्छ दुई तिहाइको सुशासन ?’

विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उहाँले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गर्नुभयो । ‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरुलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबीन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईहरु ?’– अध्यक्ष प्रचण्डले प्रश्न गर्नुभयो– ‘अन्तराष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको