तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग स्पष्टिकरण लिनुपर्छ : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले विद्युत प्राधिकरणको असुल गर्नुपर्ने १६ अर्ब वक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियारको दुरुपयोग गरेको आरोप लगाएका छन्।

सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका उनले बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै विपक्ष दलका नेता दाहालले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नु महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन बिरुद्ध भएकाले उनलाई संसदले पनि स्पष्टिकरण सोध्नुपर्ने बताए।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकमबारे प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिनुपर्ने माग गरेका थिए।

तर एमाले सचिव भट्टराईले भने सो सम्बन्धमा तत्कालीन प्रधानमन्त्री दाहालले अख्तियारको दुरुपयोग गरेर कानून विपरित बक्यौता रकम छुट सम्बन्धी निर्देशन दिएकाले उनले तत्काल संसदमा स्पष्टिकरण दिनुपर्ने तर्क गरे।

सचिव भट्टराईले एमालेले प्राधिकरणको असुल गर्नुपर्ने कुनैपनि बक्यौता रकम छुट दिनुहुन्न भन्ने पक्षमा रहेको पनि दोहोर्‍याए।

उनले भने, ‘हिजो पुष्पकमल माननीयजीले विपक्ष दलका नेताजीले प्रधानमन्त्री केपी ओलीजीलाई स्पष्टिकरण सोध्छु भन्नुभयो। म यो प्रतिनिधि सभाको तर्फबाट तत्कालीन प्रधानमन्त्री हालको विपक्ष दलका नेता माननीय पुष्पकमल दाहालजीलाई भन्न चाहन्छु–तपाईले कुन कानूनको आधारमा तपाईसँग भएको कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिने निर्णय गर्नुभयो? यो प्रतिनिधि सभाले तपाईलाई स्पष्टिकरण सोध्छ।’

उनले थपे, ‘उहाँले नभएको अधिकार प्रयोग गर्नुभयो। यसको मतलव उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो। यदि यो देशमा अख्तियार छ भने उसले पुष्पकमल दाहाललाई सोध्नुपर्छ कि तपाईले यो अख्तियारको दुरुपयोग किन गर्नुभयो? तपाई यति १६ अर्ब रकम छुट दिने निर्णय किन गर्नुभयो? हामीले उठाएको प्रश्न यहाँ हो।’

सचिव भट्टराईले कानून विपरित जाने काम तत्कालीन प्रधानमन्त्री दाहालले गरेकाले आफूहरुले त्यसमाथि स्पष्टिकरण माग गर्नुपरेको दाबी गरे।

उनले तत्कालीन प्रधानमन्त्री दाहालले गएको वैशाख २७ गते ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई एउटै मितिमा दुई वटा पत्र पठाएका कारण विवाद सुरु भएको बताए।

‘त्यो पत्रले २१ अर्ब ८८ करोडको बक्यौतालाई उहाँले एकैचोटी ६ अर्बमा झारिदिनुभयो। र बाँकी १६ अर्ब मिनाहा गर्ने आशयको पत्र पठाउनु भयो’ भट्टराईले भने, ‘विवाद यहाँबाट शुरु भएको हो।’

सिफारिस

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा  झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ तालिका

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ...

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन्। हिजो (पुस २९ गते) बसेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ तालिका

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा...

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक...

आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा

आज मुलुकभर थारू समुदायसँगै अन्य समुदायले पनि माघे संक्रान्ति...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

अब सरकारी निकायले नेपाली उत्पादन मात्रै प्रयोग गर्नुपर्ने (सूचीसहित)

सार्वजनिक निकायले ८ प्रकारका वस्तु नेपालमा उत्पादित नै प्रयोग...

सरकारले ल्याएका ५ अध्यादेशमा के छ ?

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा...

धेरै पढिएको