‘हेर्ने कथा’ का प्रकाशलाई माओवादीले घर बनाइदिने, कृष्ण राईले दिए ६ रोपनी जग्गा

काठमाडौं – नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ ।

विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।

त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिलाई राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।

घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमार राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको नगर पार्टी अध्यक्ष एङराज राईले जानकारी दिए । उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ ।

झापाका प्रकाश तामाङ १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए । त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाको बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन् ।

उनलाई घरपरिवारसँग भेटाइदिने काम विद्या चापागाईंले गरेकी हुन् । विद्याले ‘हराएका वर्षहरू’ नाममा प्रकाश तामाङको कथा लिएर आएकी थिइन् । यसपछि प्रकाश तामाङको चर्चा चुलिएको छ ।

झापाबाट काठमाडौं आए हराएका प्रकाश तामाङको परिवार पछि भोजपुर सरेको थियो । अहिले प्रकाश तामाङ आफैँ पनि भोजपुर नै फर्किएका छन् ।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको