तीज विशेष कार्यक्रममा पाल्पा-काठमाडौ सम्पर्क समितिले गर्यो राज्यमन्त्रीलाई सम्मान

काठमाडौँ – नेपाली काँग्रेसको पाल्पा काठमाडौ सम्पर्क समितिले काठमाडौमा तीज सांस्कृतिक कार्यक्रमसँगै दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा केही दिन अगाडी वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी पाल्पाली चेली रुपा विकलाई बधाईपत्र सहित सम्मान गरिएको थियो ।

सम्पर्क समितिकी अध्यक्ष विमला बस्याल, कार्यक्रमका विशिष्ट अतिथि तथा कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीलगायतले उनलाई बधाई पत्र हस्तान्तरण गर्दै कार्यकालको सफलताको कामना गरेका थिए  । सम्मानपछि राज्य मन्त्री विकले कांग्रेसको राजनीतिमा लागेपछि विकट र पछाडि पारिएको समुदायमा जन्मेपनि कुनै न कुनै बेला अवसर पाईने रहेछ भन्ने पुष्टि भएको बताइन् ।

आफ्नो वर्ग तथा समूदायको अधिकार स्थापित गर्ने माध्यम भनेको राजनीति नै भएकाले पछाडी पारिएको वर्ग तथा समुदायका व्यक्तिहरु बझ बढी राजनीतिमा लाग्नु पर्नेमा जोड दिए । उनले महिला अधिकार स्थापित गर्न महिलाहरुलाई आफै मेहनेती र सक्षम हुदै राजनीतिमा सक्रिय हुन पनि आह्वान गरिन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष खिमानन्द बस्याललाई कदर पत्र र हालै विद्यावरिधी हासिल गर्नु भएकी अधिवक्ता डा. विष्णुदेवी बस्याललाई सम्मानपत्र सहित बधाई ज्ञापन गरिएको थियो ।

सो अवसरमा समितिको नयाँ विधान अनुसार साउन १९ गते गठित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु श्रीदेवी देवकोटा, रामचन्द्र चन्द, प्रेम लामिछाने मगर, कल्पना रेग्मीलगायतको सांगीतीक प्रस्तुतीसँगै सहभागीहरु नाच्ने, गाउने गरेका थिए । कार्यक्रममा समितिको निमन्त्रणा अनुसार अन्य पार्टीमा आस्था राख्नेहरु पनि कार्यक्रममा सहभागी भएको समितिका सचिव विष्णु गैरेले जानकारी दिए ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको