माओवादी सांसदले लगाए एमाले सांसद योगेश भट्टराईमाथि गम्भीर आरोप, छानबिन गर्न माग

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले सत्तारुढ दल नेकपा एमाले सांसद योगेश भट्टराईमाथि छानबिन गर्न माग गरेको छ । उनले जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिन गर्न माग राखेको हो ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ गर्नेले जनयुद्धलाई हिंसा भनेको बताए ।

उनले भने, ‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’ अर्का सांसद छिरिङलामू लामा तामाङले सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि ? भन्दै प्रश्न गरी छानबिन गर्न माग गरिन् ।

‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो, यस्तो रवैयाले देशलाई अर्को द्वन्द्वमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚ उहाँको विषयमा कन्ट्रोभर्सी छ, उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीय ज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस्, यसमा छानबिन होस्,’ उनले भने ।

एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी युद्धलाई हिंसाको संज्ञा भन्दै बारम्बार बोलेका थिए । उनले हिंसा शब्द प्रयोग गरिरहँदा संसद् बैठक अवरुद्ध हुने अवस्था पुगेको थियो ।

सिफारिस

नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि चिनियाँ फोटोग्राफरको सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड...

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो बोसान डाँडा, जुन चोभार र टौदह नजिकै अवस्थित छ। यहाँबाट लाङटाङ, गणेश, गौरिशंकर लगायतका हिमालहरू, काठमाडौं...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

उपत्यकाबाट देखिएका हिमालका मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं – केही दिनदेखिको हल्का वर्षापछि काठमाडौं उपत्यकाको आकाश...

राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको...

तिब्बती मूलका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू)

काठमाडौं – नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका शेर्पा...

धेरै पढिएको